सत्तारुढ दल नागरिक उन्मुक्तिले दियो राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवारी – Nepal Press

सत्तारुढ दल नागरिक उन्मुक्तिले दियो राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवारी

रूपन्देही । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मनोनयन दर्ता गरेको छ । सतारुढ दलभित्र रहेपनि नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा रायले उम्मेदवारी दिए । प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी रहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाइ समर्थन रहेपनि आफुहरु गठबन्धन दल भित्र नरहेको बताइन् । ‘सरकारलाई विश्वासको मत दिएपनि हामी प्रतिपक्षको बेञ्चमा छौं । हामीले उठाउँदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई हाम्रो सहयोग रहदैन’, उनले भनिन् ‘हामीले दिएको उम्मेदवारी फिर्ता लिदैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर