काठमाडौंबाट धनगढी उडेकाे बुद्ध एयरकाे जहाज नेपालगञ्जमा अवतरण, यात्रु अलपत्र – Nepal Press

काठमाडौंबाट धनगढी उडेकाे बुद्ध एयरकाे जहाज नेपालगञ्जमा अवतरण, यात्रु अलपत्र

रुपन्देही । काठमाडाैंबाट धनगढीका लागि उठेको बुद्ध एअरको जहाज मौसम खराबी भएपछि बाँकेको नेपालगन्जमा अवतरण गरेर तीनजना यात्रुलाई मात्र फर्काएर काठमाडौं फर्केको छ ।

मंगलबार साँझ ५ बजेर १९ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको नाइन एन- एनयू कलसाइनकाे यू४ २५५ विमान ७ बजेर ८ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो । विमानमा रहेका यात्रुमध्ये केहीलाई नेपालगन्ज छाडेर ७ बजेर ५८ मिनेटमा काठमाडौं फर्किएको हो । सोही विमानमा आएका ३ जना यात्रु पुनः काठमाडौं फर्किएका छन् । धनगढीमा पानी परेर अवतरण गर्न नसकेको र आधाघन्टा आकाशमा राखेर नेपालगन्ज फर्काइएको बुद्ध एयरका कर्मचारीले जनाएका छन् ।

बुद्ध एयर नेपालगन्जका कर्मचारी अर्जन रावलले धनगढीमा समस्या भएपछि नेपालगन्जमा ल्याण्ड भएको र प्यासेनजरलाई सोधेर केहीलाई बसमा धनगढी पठाइएको र ३ जनालाई सल्लाहमा पुनः काठमाण्डौ फर्काइएको बताए ।

तर सोही विमानमा नेपालगन्ज अवतरण गरेका यात्रु संजित सिंहले बुद्ध एयरका कर्मचारीले आफूहरुलाई कुनै वास्ता नगरेको गुनासो गरे । हामी ३ जना यात्रु नेपालगन्जको होटलमा आफ्नै खर्चमा बसेका छौं, हामीलाई कुनै वास्ता नै गरिएको छैन, खर्च दिने कुरा पनि केही गरिएन, यसको जवाफ कसले दिने ? उनले नेपाल प्रेससँग गुनासो गर्दै भने । तर बुद्ध एयरका कर्मचारीले सबैलाई इच्छा अनुसार व्यवस्थापन गरेको दावी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर