मधेस प्रदेशमा तीन बिना विभागीय मन्त्रीको मन्त्रालय तोकियो


जनकपुरधाम । मधेस प्रदेशका तीन बिना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री सरोज कुमार यादवले तीन बिना विभागिय मन्त्रीको मन्त्रालय टुङ्गो लगाएका हुन् ।
एमालेबाट सरकारमा सहभागी एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहालाई सामाजिक विकास मन्त्रालय र जसपाका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको बुझिएको छ ।
गत पुस २९ मा मुख्यमन्त्री यादवसँगै उनी तीन मन्त्रीले बिना विभागीय मन्त्रीको शपथ लिएका थिए । शपथ लिएको ११ दिनपछि उनीहरुलाई मन्त्रालय तोकिएको छ ।
मुख्यमन्त्री यादवले एक/दुई दिनभित्रै मन्त्रीपरिषद्लाई पूर्णता दिने बताएका छन् । सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्र र लोसपाबाट अहिले कोही पनि मन्त्री बनेका छैनन् ।