कर्णालीमा टुंगियो मन्त्रालयको भागबन्डा – Nepal Press

कर्णालीमा टुंगियो मन्त्रालयको भागबन्डा

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेबीच मन्त्रालयको भागबन्डाको टुङ्गो लागेको छ । मङ्गलबार बसेको सत्तारूढ दलहरुको बैठकले मन्त्रालयको टुङ्गो लगाएको हो ।

नेकपा माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानून र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ ।

त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

सोहीअनुसार बुधबार मन्त्री छनोट गर्ने सहमति भएको उनको भनाइ छ । उनले भने, ‘भोलि मन्त्रिमण्डल विस्तार गर्ने र पद तथा गोपनियताको शपथ पनि हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *