शिक्वल फाउन्डेसन र एनसेलले ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन आयोजना गर्दै – Nepal Press

शिक्वल फाउन्डेसन र एनसेलले ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन आयोजना गर्दै

काठमाडौं । शिक्वल फाउन्डेसन र एनसेल आजियाटाले ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा महिला ह्याकाथन आयोजना हुने भएको छ । एनसेलद्वारा जारी विज्ञप्तिका अनुसार ह्याकाथन यही माघ २७ देखि माघ २९ गतेसम्म आयोजना गर्न लागिएको हो ।

ह्याकाथनले महिलालाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनासँग जोड्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकको भनाई छ ।

ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्रा तथा यस क्षेत्रमा काम गरिरहेका महिलाले तीनजनाको समूह बनाउन सकिने र सजिलै कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरि एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सकिने जनाइएको छ ।

दर्ता भएका समुह मध्येबाट छानिएका समूहको लिस्ट यही माघ २० घोषणा गरिने छ ।

कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन-बाइनरी ह्याकरलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गर्ने छ ।

शिक्वल फाउन्डेसनका अनुसार, छनोटमा परेको सहभागी महिलाका समुहले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइप बनाउने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर