कर्णालीका हिमाली जिल्लामा वर्षासँगै हिमपात (भिडिओ) – Nepal Press

कर्णालीका हिमाली जिल्लामा वर्षासँगै हिमपात (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा वर्षा सँगै हिमपात भएको छ । हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, जुम्लामा हिमपात भएको छ । यस्तै, कालिकोटमा अग्ला लेकहरूमा हिमपात भएको छ भने सदरमुकाम मान्म बजारमा वर्षा भइरहेको छ ।

हिमाली जिल्लामा परेको हिमपातले कोदो, चिनु, कागुनो, फापरलगायतका कात्तिके बाली राम्रो हुने त्यहाँका किसान बताउँछन् । त्यस्तै, कालिकोट हिउँदे वर्षा भएपछि त्यहाँका किसानहरू खुसी भएका छन् ।

चिसोका कारण स्थानीयहरू घर बाहिर निस्किन सकेका छैनन् । अहिले हुम्ला सिमिकोटको तापक्रम ३ डिग्री सेल्सियस छ।

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण चिसो पढेसँगै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *