नाम अगाडि प्रोफेसर लेखेपछि बीपी कोइराला स्वास्थ्य विज्ञानका उपलकुलपति गिरीविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

नाम अगाडि प्रोफेसर लेखेपछि बीपी कोइराला स्वास्थ्य विज्ञानका उपलकुलपति गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नाम अगाडि प्रोफेसर लेखेको भन्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध मुद्दा दायर गरेको छ । भ्रष्टाचारजन्य कसुर गरेको भन्दै गिरीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

गिरीले आफुले नपाएको ओहोदालाई प्रभावित पार्ने हिसाबले प्रयोग गरेको अख्तियारको भनाई छ। गिरीलाई प्रोफेसरको नियुक्ती दिने डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि प्रतिवादी बनाइएको छ । कार्कीसँग प्रोफेसर पदको अनुमोदनका लागि काठमाडौं विश्व विद्यालयलाई सिफारिस गर्नेसम्म अधिकार भएपनि उनले नियुक्ती दिएको भन्दै मतियारका रुपमा प्रतिवादी बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *