डा. मीनबहादुर श्रेष्ठले लिए योजना आयोग उपाध्यक्षको शपथ – Nepal Press

डा. मीनबहादुर श्रेष्ठले लिए योजना आयोग उपाध्यक्षको शपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

उनलाई सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

माओवादीनिकट मानिने श्रेष्ठ यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारमा योजना आयोगको उपाध्यक्ष थिए ।

माओवादी कोटाबाट थप एक सदस्यमा रामकुमार फुयालको नाम तय भएको बताइएको छ । उनी यसअघि पनि योजना आयोगको सदस्य थिए ।

एमालेबाट पुन:निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवाली र योजना आयोगका पूर्वसदस्य कृष्णप्रसाद ओलीको नाम प्रधानमन्त्रीलाई दिइएको बताइएको छ । ज्ञवालीले भने उपाध्यक्ष नपाए सदस्य नबन्ने बताए पनि पार्टीले उनलाई योजना आयोगमा पठाउन लागेको स्रोतले जनाएको छ ।

एकजना महिला सदस्य एमाले वा सत्तागठबन्धनका अन्य दलबाट पठाइने तयारी छ । राप्रपा र रास्वपाले समेत योजना आयोगमा प्रतिनिधित्व मागेका छन् । राप्रपामा केही पूर्वसचिवहरू आबद्ध रहेकाले उनीहरू यही मौकामा योजना आयोगलगायत राजनीतिक र संवैधानिक नियुक्तिमा जान खोजिरहेका छन् ।

बढीमा ७ जनाको योजना आयोगलाई पूर्णता दिने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *