राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग, संसदका सबै दलसँग समर्थन माग्ने (भिडिओ) – Nepal Press

राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग, संसदका सबै दलसँग समर्थन माग्ने (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्वाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचनका लागि कानुनी समस्या भए हटाएर तत्काल गर्न सरकार र निर्वाचन आयोगलाई ध्यानकर्षण गरेको हो ।

निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ता प्रशकाशरण महतले बताए । उनले माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए ।

उनले भने, ‘माघ २९ गतेभन्दा पनि उता लान खोजेको चर्चा सुनेका छौं । त्यसलाई हामी कुनै हालमा पनि स्वीकार्दैनौं ।’

संसदमा रहेको सबै दलहरूसँग कांग्रेसका राष्ट्रपतिको निर्वाचनको लागि समर्थन माग्ने बताए ।

नेता शशांक कोइरालाले पनि राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार हुने बताए ।

उनले भने, ‘कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन्छ । त्यसबारे हामी सत्ता गठबन्धन र बाहिरका दलहरूसँग छलफल गर्छौं ।’

याे पनि

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बाझियो संविधान र कानून, मिति तोक्न आयोग भयो असफल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर