नेपाली उत्पादनको पहिलो ग्राहक नेपाल सरकार हुनुपर्छ : व्यवसायी रुद्र न्यौपाने (भिडिओ) – Nepal Press

नेपाली उत्पादनको पहिलो ग्राहक नेपाल सरकार हुनुपर्छ : व्यवसायी रुद्र न्यौपाने (भिडिओ)

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष तथा प्रख्यात नेपाली फुटवेयर ब्रान्ड रन सुजका संस्थापक रुद्र न्यौपाने स्थापित नेपाली व्यवसायीहरूको सूचीमा अग्रस्थानमा आउने व्यक्ती हुन् ।

फुटवेयरसँगै, हाइड्रो पावर, गार्मेन्ट्स लगायतका अन्य व्यवसायमा पनि सक्रिय न्यौपाने घरेलु तथा साना उद्योग महासंघका सचिव समेत हुन् ।

नेपाल टकमा आज हामीले यिनै रुद्र न्यौपानेसँग स्वदेशी उत्पादनको अवसर चुनौती , बजारीकरणको अवस्था तथा सरोकारवाला निकायहरू भूमिका आलगायतको सेरोफेरोमा रहेर कुराकानी गरेका छौँ ।

उमेरले भर्खर ४४ वर्षमा रहेका न्यौपाने व्यवसायमा सकेसम्म छिटो दौडिन पर्छ भन्ने मान्यता बोकेर अगाडि बढिरहेको बताउँछन् ।

विशेष गरेर उत्पादनमूलक व्यवसायमा संलग्न न्यौपाने वर्तमान अवस्थामा ‘नेपालको धन स्वदेशी उत्पादन’ भन्ने नारालाई अंगिकार गर्नुपर्ने धारणा राख्दछन् । ‘नेपालमा कुनै दिनमा हरियो वन नेपालको धन भन्ने थियो, त्यो कुरा अहिले धेरै हदसम्म परिवर्तन भएर नेपालको धन स्वदेशी उत्पादन भन्ने भएको छ भन्ने मलाई लाग्छ ।’ उनले भने ।

नेपालको समुन्नत विकाशका लागि देशमा रहेका युवाहरूका लागी स्वदेशमा नै लगानी गर्ने, आम्दानी गर्ने वातावरणको सुनिश्चितता हुनुपर्ने बताउँदै न्यौपानेले हाल नेपालको पहिचान कृषि प्रधान देशबाट रेमिट्यान्स प्रधान देशको रूपमा स्थापित हुनु चिन्ताजनक रहेको बताए ।

उत्पादनमूलक क्षेत्र आफैमा चुनौतीपूर्ण रहेको कारण पनि यस क्षेत्रको प्रवर्द्धनका लागि आधारभूत शिक्षा प्रणालीमा नै परिवर्तन ल्याउन आवश्यक रहेको उनी बताउँछन् ।

उनी भन्छन्, नेपालको वर्तमान शिक्षा प्रणालीले विदेशमा ‘सेटल हुन चाहने’ जनशक्ति मात्र उत्पादन गर्नु विडम्बना हो । तर यसो भनिरहँदा यसमा विदेश जान चाहने र विदेशमै सेटल भएका नेपालीहरूको कुनै दोष छैन । नेपालले मानिसका न्यूनतम आवश्यकता गाँस बास र कपासको समेत ग्यारेन्टी गर्न नसकेका कारण न नेपाली युवाहरू विदेशीन बाध्य भएका हुन् ।’

यसो त नेपाल सरकारले बेला बेला नेपालका उत्पादनमूलक क्षेत्रको विकाशका लागि भनेर विभिन्न नीति तथा योजनाहरू बनाउने गरेको छ । यद्यपि उक्त नीति तथा योजनाको प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा त्यसको मार नेपाली व्यवसायीले भोग्नु परेको छ । लामो समय िफुटवेयर व्यवसायमा क्रियाशील न्यौपानेका अनुसार हाल नेपालमा उत्पादन भएका जुत्ता तथा चप्पलले नेपाली बजारको ६५ प्रतिशत माग धानिरहेका छन् । तर अवैधरुपमा नेपाली बजारमा सामान भित्रिने क्रम व्यापक रहेको छ । यसको नियमनका लागि सम्बन्धित निकायहरू चलायमान हुन नसकेको उनको ठम्याइ छ ।

उत्पादनमूलक क्षेत्रको विकाशको लागि नेपाल सरकारले विभिन्न क्षेत्रमा दिँदै आएको नगद अनुदानको नतिजा मापन गर्न समेत अति आवश्यक रहेको उनी बताउँछन् ।

वर्तमान अवस्थामा उत्पादक र ग्राहकबीचको ग्याप घटाउन नेपाली साना तथा घरेलु उत्पादनका पहिलो ग्राहक स्वयम नेपाल सरकार नै हुनुपर्ने उनी उनको भनाई छ ।

भन्छन्, ‘सरकारले उत्पादन मूलक क्षेत्रसँग सहकार्य गर्न अति आवश्यक हुन्छ । नेपाली उत्पादनको विक्री तथा बजार व्यवस्थापनको ग्यारेन्टी नेपाल सरकारले गर्नु पर्छ । यो एकदमै सम्भव कुरा हो । जस्तै जापानमा उत्पादन भएका कृषकहरूका सामानहरू सरकारी पोर्टलबाट विज्ञापन हुन्छन् । अर्थात् त्यहाँ सामानहरू सर्वप्रथम सरकारले किन्दिन्छ र निजी क्षेत्रलाई दिन्छ । यो नेपालमा पनि सम्भव छ । आज नेपालमा युरिया र डिएपी मल नेपाल सरकारले मात्र किन्छ त्यसको बजारीकरण अत्यन्तै राम्रो भएको छ नि । यदि त्यस्तो हो भने नेपाल सरकारले तरकारी पनि त किन्न सक्छ अन्य वस्तु पनि किन्न सक्छ नि । सरकार नै डिस्टीब्युटर हुने अनि निजी क्षेत्र डिलर होलसेलर बन्न सक्यो नि । नेपाल जस्तो सानो देशमा विक्री च्यानल कन्ट्रोल गर्न अत्यन्तै जरुरी छ । अहिले हामीले अत्यन्तै ठुलो जनसंख्या भएका देशको सिको गरिरहेका छौँ । यहाँ उत्पादक , डिस्टीब्युटर, डिलर, होलसेलर रिटेलर लगायतको ठुलो तह सबैले थोरै थोरै नाफा लिँदा पनि ग्राहक सम्म पुग्दा सामान महँगो भएको छ । तसर्थ निजी क्षेत्रले उत्पादन गर्ने र सरकारले त्यो उत्पादन किनिरे सिधै रिटेलरलाई दिने नीति लियो भने उत्पादक र ग्राहको दुरी घट्छ । प्रतिस्पर्धा सजिलो हुन्छ । निजी क्षेत्र सरकारसँग प्रतिस्पर्धामा आउँछन् । सरकारले नेपाली साना तथा घरेलु उत्पादनका सामान किन्न र निजी क्षेत्रलाई बेच्न सुरु मात्र गर्‍यो भने पनि धेरै परिवर्तन सम्भव छ । तर विडम्बना नेपाल सरकारले कानुनमै भएको भन्सारका कुरालाई पनि प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सकेको छैन ।

विस्तृत भिडिओ कुराकानी हेर्नुहोस्:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर