तरुण दललाई छिटै पूर्णता दिन आग्रहसहित नेताहरूको घरदैलोमा अध्यक्ष गुरुङ – Nepal Press

तरुण दललाई छिटै पूर्णता दिन आग्रहसहित नेताहरूको घरदैलोमा अध्यक्ष गुरुङ

काठमाडौं । तरुण दललाई छिटै पूर्णता दिन आग्रह गर्दै अध्यक्ष विद्वान गुरुङले शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

अध्यक्ष गुरुङले नेताहरू विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, विनोद चौधरी लगायतसँग भेट गरी तरुण दललाई छिटै पूर्णता दिन आग्रह गरेका हुन् ।

नेताहरूले केन्द्रीय समिति बैठक अगाडि नै तरुण दललाई पूर्णता दिन सके राम्रो सन्देश प्रवाह हुने बताएका छन् ।

भेटमा नेता सिटौलाले संगठनलाई अनुशासित ढंगले चलाउन आफूलाई सहज हुनेगरी कार्यसमिति निर्माण गर्न सुझाव दिएका छन् ।

बिहीबार गुरुङले महामन्त्री गगन थापालाई पनि भेटेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर