शीतलनिवासले सांसदलाई सचिवभन्दा पछाडि राखेको भन्दै अर्जुननरसिंहले पाेखे असन्तुष्टि – Nepal Press

शीतलनिवासले सांसदलाई सचिवभन्दा पछाडि राखेको भन्दै अर्जुननरसिंहले पाेखे असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता अजुननरसिंह केसीले सभामुखको शपथ कार्यक्रममा सांसदलाई सचिवभन्दा पछाडि राखेकोप्रति असन्तुष्टि जनाएका छन् ।

राजपत्रको दशौं स्थानमा रहेका सांसदलाई तेह्रौं स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखाएको उनको भनाइ छ ।

सभामुखको शपथ कार्यक्रममा सहभागी भएर शीतलनिवासबाट फर्केपछि सांसद केसीले फेसबुकमा लेखेका छन्, ‘सभामुख संसदको साझा संस्था हो । सम्मानका लागि राष्ट्रपति भवनको शपथग्रहणमा उपस्थित भएँ । राजपत्रको दशौं स्थानमा रहेका सांसदलाई तेह्रौं स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखायो ।’

उनले शीतलनिवासलाई मर्यादासम्बन्धी न्यूनतम कानून पनि थाहा भएको हाे ? भन्दै प्रश्नसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *