क्यानका महानिर्देशकलाई मन्त्रीले भने– बाहिर केही कुरा सुनेको छु, निर्णय गरेर अख्तियार पठाउन सकिन्छ – Nepal Press

क्यानका महानिर्देशकलाई मन्त्रीले भने– बाहिर केही कुरा सुनेको छु, निर्णय गरेर अख्तियार पठाउन सकिन्छ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयअन्तर्गतका क्रोडिक संस्थाहरुको कुर्सीमा बस्दा आगोमाथि बसे जस्तो भएको बताएका छन् । आज हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अध्यक्ष प्रदीप अधिकारीलाई सँगै राखेर मन्त्री किराँतीले बाहिर केही नराम्रा कुरा सुनेको र यदि त्यस्तो हो भने मन्त्रालयबाट नै निर्णय गरेर अख्तियार पठाउने बताए ।

‘न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्छ । हाम्रो संस्था बिग्रिएपछि मनोविज्ञान राम्रो देखिँदैन । हामी देश बनाउन आएका हौं । म मन्त्रीको रुपमा भन्दा पनि क्यानको अध्यक्षको रुपमा बोलिरहेको छ । हवाई यात्रामा यात्रुको असुविधालाई छानबिन गर्न हिजोमात्रै समिति बनेको छ । अब ती समितिका सदस्यहरुले मलाई भेट्नुपर्‍यो’, उनले भने, ‘छानबिन समितिमाथि नै अर्को समिति बनाउन नपरोस् । जात, रंग र विचारको आधारमा भेदभाव नगरी काम गर्न आएको हो । असफल हुने छुट हामीलाई छैन् । अब आधारभूत कुरामा कुनै पनि सम्झौता हुँदैन । कुनै असह्य कुरा आयो भने मन्त्रालयले निर्णय गरेर पनि अख्तियार पठाउँछ ।’

आफू पैसाको लागि राजनीति गर्न नआएको भन्दै मन्त्री किराँतीले थपे, ‘मेरो बुवा ब्रिटिस आर्मी हो । मन्त्री हुन्छु भनेर राजनीति गरेको होइन । नीतिको कारण आयो भने मलाई भन्दा हुन्छ ।’

क्यानका कर्मचारीसँग भएको छलफलमा मन्त्री किराँतीले नियामक निकायले गर्नुपर्ने र कुनै समस्या आयो भने त्यसको समाधान गर्न आफू लागिपर्ने बताए ।


प्रतिक्रिया

One thought on “क्यानका महानिर्देशकलाई मन्त्रीले भने– बाहिर केही कुरा सुनेको छु, निर्णय गरेर अख्तियार पठाउन सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर