उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेसले डाक्यो पदाधिकारी बैठक – Nepal Press

उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेसले डाक्यो पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थति निवासमा बिहान १० बजे तय गरिएको बैठकमा पूर्वपदाधिकारी पनि उपस्थित हुन प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभाको उपसभामुख उम्मेदवारबारे छलफल हुनेछ ।

विपक्षी गठबन्धनबाट उपसभामुखको उम्मेदवार कांग्रेसबाटै वा नेकपा एस, लोसपाबाट अघि सार्ने टुंगिसकेको छैन ।

आज उपसभामुखको मनोनयन छ भने भोलिलाई मतदान तोकिएको छ ।

बिहीबार भएको सभामुख निर्वाचनमा भने कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे विजयी भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर