टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना ललितपुरबाट पक्राउ – Nepal Press

टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना ललितपुरबाट पक्राउ

काठमाडौं । टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूकुम (पूर्वी )पुथा गाउँपालिका-५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेको छन् ।

उनले आफ्नो ईसेवा लगायत अन्य डिजिटल वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटकमा लाईभमार्फत् रकमको वाजी राख्न लगाई जुवा खेलाउने गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई टिकटक लाइभमार्फत जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरेको हो ।

मल्लले ‘क्विक क्यास’ नामक टिकटक आईडीहरु खोलेर दुइवटा ईसेवा वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अबधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन १ थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर १ थान र जुवा खेलाउन प्रयोग भएका तास ३ बुक प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *