अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिए नाडाल – Nepal Press

अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिए नाडाल

काठमाडौं । विश्व नम्बर एक राफेल नाडाल वर्षको पहिला ग्रान्डस्लाम अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका छन् ।

बुधबार रोड लाभेर अरेनामा अमेरिकन म्याकेन्जी म्याकडोनाल्डसँग सोझो सेटमा पराजित हुँदै साविक विजेता नाडाल बाहिरिएका हुन् ।

खुट्टाको चोटसँग लडिरहेका २२औं पटकका ग्रान्डस्लाम च्याम्पियन र दुई पटकका अष्ट्रेलियन ओपन विजेता नाडाल म्याकडोनाल्डसँग ६–४, ६–४, ७–५ को नतिजामा पराजित भए ।

विश्व वरियताको ६५औं स्थानका म्याकडोनाल्डले तेस्रो चरणमा ३१औं वरियताका योसिहितो निसिओका र डालिबोर भिर्सिनाबीचको विजेतासँग खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर