कर्णालीको उपसभामुखका लागि न्यौपाने र शाहीको प्रतिस्पर्धा – Nepal Press

कर्णालीको उपसभामुखका लागि न्यौपाने र शाहीको प्रतिस्पर्धा

सुर्खेत । कर्णाली प्रदेशसभा उपसभामुखका लागि नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने र कांग्रेसकी इन्द्राकुमारी शाहीले मनोनयन दर्ता गरेका छन् ।
यी दुवै समानुपातिक सांसद हुन् ।

उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । यहाँ सत्तागठबन्धनमा उपसभामुख नेकपा (माओवादी केन्द्र) को भागमा परेको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक/एकजना सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर