कांग्रेस कार्यसम्पादन समितिको बैठकले सभामुखको उम्मेदवार तय गर्ने – Nepal Press

कांग्रेस कार्यसम्पादन समितिको बैठकले सभामुखको उम्मेदवार तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सभामुखको उम्मेदवार केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट टुंगो लगाउने भएको छ ।

उम्मेदवार टुंग्याउन बसेको पदाधिकारी बैठकले अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेपछि उम्मेदवार टुंग्याउन कार्यसम्पादन समितिको बैठक बस्न लागेको एक पदाधिकारीले बताए ।

ती पदाधिकारीले भने, ‘हामी अन्य दलसँग छलफल गरेर उम्मेदवार टुंग्याउँछौं। हाम्रो दलबाट उम्मेदवारी दिन्छौं ।’

बैठक २ बजे सिंहदरबारमा बस्नेछ ।

सत्ता गठबन्धनको तर्फबाट एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर