वर्षमानलाई भेट्न सुमेरु अस्पताल पुगे उपराष्ट्रपति पुन – Nepal Press

वर्षमानलाई भेट्न सुमेरु अस्पताल पुगे उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति त्यहाँ पुगेका हुन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपनि अस्पताल पुगेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई पुस ३० गते अस्पताल भर्ना गरिएको थियो ।

नेता पुन मंसिर ४ को चुनावलगत्तै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर