कर्णाली प्रदेशसभा उपसभामुखको निर्वाचन भोलि हुने – Nepal Press

कर्णाली प्रदेशसभा उपसभामुखको निर्वाचन भोलि हुने

सुर्खेत । कर्णाली प्रदेश सभाको उपसभामुखको निर्वाचन भाेलि (वुधबार) हुने भएको छ । सभामुख नन्दा गुरुङले भाेलि दिउँसो १ बजेका लागि निर्वाचन हुने समय तोकेकी छन् ।

निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ बमोजिम उपसभामुखको निर्वाचन तोकिएको सभामुख गुरुङले जानकारी दिइएकी छन् ।

सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को उपनियम १ बमोजिम निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिएकी छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर