रास्वपाले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने – Nepal Press

रास्वपाले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

रास्वपा स्रोतको अनुसार उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलमा सहमति बनेको हो ।

रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा गइसकेका छन् । यद्यपी, यसलाई गठबन्धनले औपचारिक निर्णय गरेको छैन ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ । बैठकले भागवण्डा टुंग्याउने तयारी छ । दिउँसो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भागबण्डाको लगभग सहमति भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर