नेपाल पुलिस क्लव महिला भलिवल टिमका प्रमुख प्रशिक्षक बिष्टलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड – Nepal Press

नेपाल पुलिस क्लव महिला भलिवल टिमका प्रमुख प्रशिक्षक बिष्टलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

काठमाडौं । नेपाल पुलिस क्लव महिला भलिवल टिमका प्रमुख प्रशिक्षक रुपेश बिष्टले उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गरेका छन् । ‘सातौ आरबीबी (राष्ट्रिय बाणिज्य बैंक) एनभीए क्लव च्याम्पियनसीप २०७९’मा नेपाल पुलिस क्लवको महिला टिमलाई विजेता गराएका बिष्टले अवार्ड प्राप्त गरेका हुन् ।

अवार्ड प्राप्त गरेसँगै बिष्टले व्यक्तिगत रुपमा ट्रफी, प्रमाणपत्र र नगद १५ हजार राशीको पुरस्कार पनि प्राप्त गरेका छन् । यद्यपी विजेता नेपाल पुलिस क्लवको महिला टिमलेभ  सिल्ड, मेडल, ट्रफी, प्रमाणपत्र र नगद ४ लाख राशीको पुरस्कार प्राप्त गरेको छ । नेपाल भलिवल संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा पुष २४ गते सुरु भई माघ १ गते सम्पन्न भएको एनभीए क्लव च्याम्पियनसीपमा बिष्टले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

प्रथम संस्करणमा मुख्य प्रशिक्षक सुदेशकुमार रिमाल प्रशिक्षक रहदाँ विष्ट सहायक प्रशिक्षकको भूमिकामा थिए । २०७० सालदेखि मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका विष्टले एनभीए क्लव च्यापिएनसीप र एनभीए क्लव लिग प्रतियोगिताको फाइनलको यात्रासम्म पुर्याउन सफल भएका थिए ।

तर, लामो समयपछि सातौ एनभीए क्लव च्याम्पिएनसीपमा मुख्य प्रशिक्षको भूमिका निर्वाह गर्दै नेपाल पुलिस क्लवको टिमलाई सफलता दिलाउन सफल भएका छन् । आफुले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दा पुस्तान्तरणको अवस्था रहेको बिष्टले बताए ।

उनका अनुसार अधिकांश पहिलो रोजाइका खेलाडीले नेपाल पुलिस क्लवको टिमबाट बाहिरिसकेको अवस्था भएकाले चुनौती र अवसर थियो । उनले भने, ‘अधिकांश खेलाडी नयाँ  उत्पादन गर्नुपर्ने भएकाले नेपाल पुलिस क्लवको टिमलाई सफलता दिलाउन मेरा लागि चुनौती र अवसर दुवै थियो । घरेलु मैदानमा थुप्रै सफलता प्राप्त गरेर उत्कृष्ट प्रशिक्षको अवार्ड प्राप्त गरिसके पनि नेपाल भलिवल संघको आयोजनामा हुने प्रतियोगितामा च्याम्पिएन बनाउन सकिएको थिएन ।’

थुप्रै प्रतियोगिताम उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरिसकेका मुख्य प्रशिक्षक बिष्ट कुसल प्रशिक्षकमा गनिन्छन् । नेपाल पुसिल क्लवको टिमलाई यो उचाइसम्म पुर्याउन आफुले निकै संघर्ष गर्नुपरेको उनको भनाई छ । सुरु–सुरुका प्रतियोगिताम सफलता हासिल नगर्दा उनको प्रशिक्षणको क्षमतामा नै प्रश्न उठ्दै आएको थियो ।

प्रशिक्षक  बिष्टले भने, ‘खेल एउटा यस्तो विधा हो । जसको प्रतिफल पाउन लामो समय पर्खनुपर्छ । अधिकांश टिमका सदस्य नयाँ नै हुनाले उनीहरुलाई तयारी गरेर प्रतियोगिताको अनुभव पनि बटुल्नुपर्ने भएकाले सफलता प्राप्त गर्न लामो समय पखिनुपर्छ ।’ अहिले जित हासिल गर्ने टिमका सबै खेडाली बिष्टले नै उत्पादन गरेका खेलाडी हुन् ।

भलिबल खेलमा एफआईभीवी लेभल–२ र एनआइएस सर्टिफिकेट लेभल प्रशिक्षकको पुरा गरिसकेका बिष्टको राष्ट्रिय टिममा प्रशिक्षको रुपमा काम गर्ने चाहाना छ । अर्वाड प्राप्त गरेका प्रशिक्षक बिष्टले आफुलाई मुख्य प्रशिक्षक जस्तो गरिमामय पदको जिम्मेवारी दिएकोमा प्रहरी संगठनलाई धन्यवाद ज्ञापन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर