लौरो अभियानको मधेस प्रदेश कमिटी गठन – Nepal Press

लौरो अभियानको मधेस प्रदेश कमिटी गठन

काठमाडाैं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले मधेस प्रदेश कमिटी गठन गरेको छ ।

प्रा डा विरन्श बैठाको संयोजकत्वमा २५ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको सह संयोजकमा गुड्डि जोशी चयनलाई गरिएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष ई. अनन्तराज घिमिरे, प्रवक्ता ई. रोहन कार्की, उपाध्यक्ष ई. अरुण रौनियार सहभागी थिए ।

यस्तै, लौरो अभियानका प्रवक्ता हरि कार्की, कुलदीप बस्नेत लगायत सहभागी थिए ।

कार्यक्रममा निर्वाचनको समीक्षा, भावी कार्यक्रमको योजना र संगठन विस्तार लगायतका विषयमा छलफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर