मुख्यमन्त्रीको शपथ खुवाउन मधेसमा लाखौं खर्चेर पण्डाल निर्माण – Nepal Press

मुख्यमन्त्रीको शपथ खुवाउन मधेसमा लाखौं खर्चेर पण्डाल निर्माण

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको शपथग्रहणका लागि ‘मधेस भवन’मा भव्य पण्डाल निर्माण गरिँदैछ ।

मधेस भवनमा रहेको मुख्यमन्त्री निवासअगाडि शपथग्रहण समारोहका लागि पण्डाल निर्माण गरिएको हाे ।

पण्डालभित्र रातो कार्पेट ओछ्याइएको छ । लाखौं रकम खर्च गरेर आकर्षक पण्डाल बनाइएको हो ।

प्रदेश प्रमुखखको कार्यालयले शुक्रबार दिउँसो १ बजे शपथग्रहणको समय तोकेको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।

सत्ता साझेदार दलहरुबीच अहिले मन्त्रालय बाँडफाँटमा सहमति हुन सकेको छैन । स्रोतका अनुसार शुक्रबार सबै दलबाट १-१ जनाले मन्त्रीको शपथ लिने सम्भावना छ ।


प्रतिक्रिया

One thought on “मुख्यमन्त्रीको शपथ खुवाउन मधेसमा लाखौं खर्चेर पण्डाल निर्माण

  1. पण्डाल निर्माण मै भ्रष्टाचार भएको छ । ठोकेर भन्न सकिन्छ । यो जसपा पनि भ्रष्टाचारीको डल्लो नै रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर