बागमती प्रदेशको सभामुखको लागि सत्ता गठबन्धनबाट पाठकले गरे उम्मेदवारी दर्ता – Nepal Press

बागमती प्रदेशको सभामुखको लागि सत्ता गठबन्धनबाट पाठकले गरे उम्मेदवारी दर्ता

हेटौँडा । बागमती प्रदेशको सभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय महामन्त्री तथा प्रदेशसभा सदस्य भुवन पाठकले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेशसभा सचिवालयमा पुगेर पाठकले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् । सात दलीय सत्ता गठबन्धनको भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

पाठकलाई एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रस्ताव तथा माओवादीका प्रदेश सांसद युवराज दुलालले समर्थन गरेका छन् ।

पाठकलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टीको २ गरी ७० जना सांसदहरूको साथ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर