विराटनगरले फाइनल पुग्न जनकपुरलाई दियो १६८ रनको लक्ष्य – Nepal Press

विराटनगरले फाइनल पुग्न जनकपुरलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । विराटनगर सुपर किङ्सले जारि नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा फाइनल पुग्नका लागि १ सय ६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा करिब १ घण्टा ढिला गरि भएको टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार पारेको छ ।

ओपनर गौरान्सु शर्मा ४१ बलमा समान २ चौका र छक्कासहित सर्वाधिक ४२ रन योगदान गरे ।अर्जुन साउद २६ बलमा समान दुई चौका र दुई छक्का प्रहार गदै ३५ रनमा आउट भए ।

हुसेन टलत २१ बलमा ५ चौकासहित ३२ रनमा पभेलियन फर्कदा राज ननन् १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । त्योबाहेक विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरको बलिङमा जितेन्द्र मुखियाले ४ ओभरमा ३८ रन खर्चिएर दुई विकेट लिए । शर्राफुदिन असरर्फ, ललित राजवंशी र सामिउल्लाह सिनवारीले समान एक विकेट लिए ।

यसअघि, पहिलो क्वालिफायर खेलेको जनकपुर लुम्बिनी अलस्टार्ससँग पराजित हुँदै दोस्रो क्वालिफायर्स खेल्ने भएको थियो । विराटनगरले मंगलबार काठमाडौं नाइट्सलाई इलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा जनकपुरसँगको भेट पक्का गरेको थियो ।

आजको खेलको विजेताले फाइनलमा लुम्बिनीसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर