न्यूयोर्कस्थित अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा सोमनाथ घिमिरे मनोनीत – Nepal Press

न्यूयोर्कस्थित अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा सोमनाथ घिमिरे मनोनीत

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष पदमा मनोनीत भएका छन् ।

उनको राजनैतिक सक्रियता, जो वाइडेन र कमला ह्यारिस राष्ट्रपति/उपराष्ट्रपति जिताउँ अभियानमा खेलेको भूमिका, न्यूयोर्कमा स्थानीय र राज्यस्तरीय चुनावमा गरेको विशेष भूमिकासहितको मूल्यांकन गरेर मनोनीत गरिएको नयाँ अमेरिकी डेमोक्रेटिक क्लबका संस्थापक अध्यक्ष मोर्सेद अलामले बताए ।

नयाँ अमेरिकी डेमोक्रेटिक क्लब न्यूयोर्क राज्यकै सबैभन्दा पुरानो राजनीतिक संस्था दक्षिण एसियाली अमेरिकन मेर्सेद अलामले सन १९९८ मा स्थापना गरेका थिए ।

मोर्सेद अलाम पर्यावरण रसायनविज्ञ हुन् । उनी सामुदायिक विद्यालय बोर्ड ३२९ उपाध्यक्ष र कोषाध्यक्षमा निर्वाचित हुने न्यूयोर्क राज्यको इतिहासमा पहिलो दक्षिण एसियाली पदाधिकारी हुन् । मोर्सेद सन् १९९८ मा सिनेटका लागि डेमोक्र्याटिक पार्टीको उम्मेदवार बनेका थिए ।

अध्यक्ष आलमले उपाध्यक्ष पदमा नियुक्त भएकोमा सोमनाथ घिमिरेलाई बधाई दिँदै नयाँ अमेरिकी डेमोक्रेटिक क्लबलाई अझ सशक्त रुपले अघि बढाउने बताएका छन् ।

अमेरिकामा जीपी कोइराला फाउन्डेशनमार्फत समाजसेवामा खटिएका घिमिरेलाई क्लबको उपाध्यक्षमा मनोनीत गरेकोमा फाउण्डेसनले धन्यवाद दिएको उपाध्यक्ष सुवर्ण लामाले बताए ।


प्रतिक्रिया

One thought on “न्यूयोर्कस्थित अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा सोमनाथ घिमिरे मनोनीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *