भलिबल: नेपाल पुलिसको लगातार दोस्रो जित – Nepal Press

भलिबल: नेपाल पुलिसको लगातार दोस्रो जित

काठमाडौं । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि आइतबार भएको पहिलो खेलमा पुलिसले नयाँबजार युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो ।

आजको खेलमा पुलिसले एभरेष्टलाई पहिलो सेट २५–१४ ले हरायो भने खेलको दोस्रो सेट २५–९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–६ ले आफ्नो पक्षमा पा¥यो । यस जितसँगै समूह ‘ए’ मा रहेको पुलिसले दुई खेलमा छ अङ्क जोडेको छ ।

त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा न्यू डायमण्ड एकेडेमीले नयाँबजार युवा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुआत गरेको छ । न्यु डायमण्डले नयाँबजारमाथि पहिलो सेट २५–२ ले जित्यो भने दोस्रो सेट २५–८ तथा तेस्रो सेट २५–६ ले हरायो । जितसँगै समूह ‘ए’ को न्यू डायमण्डले तीन अङ्क जोडेको छ । च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् ।

च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख पाउनेछ भने उपविजेताले दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले एक लाख पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर