ब्रोकर एसोशिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित – Nepal Press

ब्रोकर एसोशिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित

काठमाडौं । नेपाल स्टक ब्रोकर एसोशिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी गुणनीधि भुसाललाई पराजित गर्दै सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । स्वर्णलक्ष्मी सेक्युरिटिजका सापकोटा र आर्यातारा सेक्युरिटिजका भुसालले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

सापकोटाले २८ मत र भुसालले १६ मत पाएका छन् । अरु पदका लागि भने सर्वसम्मति चयन भएको छ । एसोशिएसनको उपाध्यक्षमा सरिता अधिकारी, महासचिवमा फणिन्द्र ढकाल, सचिवमा सुवेध अधिकारी र कोषाध्यक्षमा मदन पौडेल चयन भएका छन् ।

यस्तै सदस्यमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेती चयन भएका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर