आफ्नो नाममा दर्ता नभएको सिम कार्ड प्रयोग गर्दा के हुन्छ ? यसरी रहनुस् सुरक्षित – Nepal Press

आफ्नो नाममा दर्ता नभएको सिम कार्ड प्रयोग गर्दा के हुन्छ ? यसरी रहनुस् सुरक्षित

काठमाडौं । अहिलेको समयमा मोबाइल नम्बर (सिम कार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रूपमा मात्र प्रयोगमा छैन ।

राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैङ्किङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोगले बढेको छ । बढेको मात्रै होइन अनिवार्य नै भएको छ ।

हालको अवस्थामा धेरैजसो व्यक्तिले अरूकै नाममा दर्ता भएको सिम कार्ड चलाउने गरेको पनि पाइन्छ ।

यसरी अरूको नाममा दर्ता भएको सिम कार्ड प्रयोगले नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैङ्किङ कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्रीहरू असम्बन्धित व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम सधैँ रहने गर्दछ ।

प्रयोगकर्ताको मोबाइल बैङ्किङको दुरुपयोग भई नगद गुमाउनु पर्ने, बैङ्किङ कारोबारमा हेराफेरि हुन सक्ने, व्यक्तिगत जानकारीको दुरुपयोग गरी गैरकानूनी क्रियाकलाप लगायतका समस्याहरू भोग्नुपर्ने हुन सक्छ ।

कसरी सुरक्षित रहने ?

टेलिकमले सम्पूर्ण प्रयोगकर्तालाई आफ्नै नाममा दर्ता भएका मोबाइल नम्बर प्रयोग गर्न तथा सिम कार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्नुपर्ने भनेको छ ।

वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिम कार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याउन पनि आग्रह गरेको छ ।

यस्तै सामाजिक सञ्जालमा सम्पूर्ण जनकारी सार्वजनिक नगर्ने, अनावश्यक बैङ्किङ कारोबारका नाममा आउने फोनबाट शतर्क रहने तथा आफू पनि समय समयमा अपडेट हुन पनि आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर