बेटिङ गरेको आरोपमा कीर्तिपुर क्रिकेट मैदानबाट भारतीय नागरिक पक्राउ – Nepal Press

बेटिङ गरेको आरोपमा कीर्तिपुर क्रिकेट मैदानबाट भारतीय नागरिक पक्राउ

काठमाडौं। त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल टी-२० लिगमा बेटिङ गरिरहेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको दिल्ली उत्तमनगर घर भई काठमाडौंको गौशाला बस्दै आएका ३६ वर्षीय प्रतीक कुमार पक्राउ परेका हुन्।

प्रतियोगिताअन्तर्गत बुधवार फार वेस्ट युनाईटेड र विराटनगर सुपर किङ्सबीच भइरहेको खेलमा प्रतिकले बेटिङ गरेको पाइएको प्रहरीले जनाएको छ।

जारी प्रतियोगितामा बेटिङ र फिक्सिङ भइरहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर