प्रचण्डको अनुहार हेरेरमात्र हुन्न, समर्थन गर्न पहिले काम हेर्छौं : माधव नेपाल – Nepal Press

प्रचण्डको अनुहार हेरेरमात्र हुन्न, समर्थन गर्न पहिले काम हेर्छौं : माधव नेपाल

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने/नदिने २६ गतेसम्म निर्णय गर्ने बताए बताएका छन् ।

पार्टीका नवनिर्वाचित सांसदलाई युवा संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा उनले सरकारको पिक्चर क्लियर नभएकाले आफूहरूले अहिले नै निर्णय नगरेको प्रष्ट्याए ।

उनले भने, ‘सरकारको कस्तो नीति र कार्यकम ल्याउँछ भन्ने हेर्नै पाएको छैन । मान्छेको अनुहार हेरेर गर्ने भए त प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिसक्थ्यौँ । अनुहार हेरेरमात्रै समर्थन गरेर हुने भए गर्दिएँ । अनुहारले मात्रै हुँदैन । कहिलेकाहिँ के-के गर्छन् भन्ने थाहा हुँदैन ।’

सरकारलाई समर्थन गर्नेबारेमा अहिले निर्णय गर्न कुनै हतारो नभएको नेपालको भनाइ थियो ।

उनले थपे, ‘हामी पनि नेपालको राजनीतिमा छौँ । तर, हामीलाई केही छैन । अनि किन हामी अगाडि बढेर बोल्न केको हतार ? हामीलाई के बित्दो छ र ? २६ गते हो सरकारको विश्वासको मत लिने कुरा । त्यो दिनसम्म निर्णय गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर