नेकपा एसको पोलिटव्युरो बैठक भोलि बस्ने – Nepal Press

नेकपा एसको पोलिटव्युरो बैठक भोलि बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक भोलि बस्ने भएको छ । शनिबार सुरू भएको स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भोलि सोमबार बिहान ११ बजे पोलिटव्युरोको बैठक बस्ने जानकारी दिएका हुन् ।

वर्तमान सरकारमाथिको दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल जारी रहेको खतिवडाले जानकारी दिए ।

बैठकमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसहितका नेताले आफ्नो धारणा राखेका छन् । बैठकमा महासचिव डा. वेदुराम भुसालले संगठन निर्माण र पुनर्ताजगीका लागि प्रस्ताव पेश गरेका थिए ।

नेकपा एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र नेताहरू दुई धारमा बाँडिएका छन् । केहीले प्रचण्ड सरकारलाई समर्थनमात्र गर्नुपर्ने भनेका छन् भने सरकारमै जानुपर्ने केही नेताको जोड छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरे पनि नेकपा एसले संस्थागत निर्णय गरेको छैन । बैठकपछि सञ्चारकर्मीहरुसँग पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा एस अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले आफूहरु वामपन्थी एकताको पक्षमा रहेको सुनाए ।

‘हामी वामपन्थी एकताको पक्षमा छौं’, सम्मानित नेता खनालले भने, ‘तर, कार्यगत एकतामात्र गर्ने पक्षमा छैनौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर