निता ढुगांनाको ‘ह्रस्वदीर्घ’मा नायिका गरिमा शर्मा अनुबन्धित – Nepal Press

निता ढुगांनाको ‘ह्रस्वदीर्घ’मा नायिका गरिमा शर्मा अनुबन्धित

काठमाडौं । निता ढुगांनाको निता फिल्म्सबाट निर्माण हुन लागेको चलचित्र ‘ह्रस्वदीर्घ’मा नायिका गरिमा शर्मा अनुबन्धित भएकी छन् ।

छायांकनको तयारीमा रहेको यस चलचित्रमा केही समयता देखि कलाकार छनौट गर्ने काम जारी छ ।

केही दिन अगाडिमात्र ‘ह्रस्वदीर्घ’मा अभिनेत्री बिपना थापा अनुबन्धित भएकी थिइन। थापा १६ वर्षपछि यसै चलचित्रमार्फत अभिनयमा कम ब्याक गर्न लागेकी हुन् ।

यस अघि चलचित्रमा बलिउड अभिनेताहरू पनि अनुबन्धित भइसकेका छन्। चलचित्रमा चर्चित दक्षिण भारतीय भिलेन सुनिल बर्मा, तेलुगु फिल्मसका चर्चित अभिनेता अलि, सुपरहिट मानिएको बलिउड चलचित्र ‘गजिनी’ का भिलेन राज रावल र चर्चित भारतीय अभिनेता तथा कमेडीयन ब्रम्हानन्द फाईनल भइसकेका छन्।

नेपालबाट भने अभिनेता सरोज खनाल, अभिनेत्री बिपना थापा, अभिनेता तथा कमेडियन रविन्द्र झा र नायिका तथा मोडल गरिमा शर्मा पक्का भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर