प्रधानमन्त्री प्रचण्डलाई भेटेर भारतीय राजदूतले बुझाए मोदीको बधाई पत्र – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई भेटेर भारतीय राजदूतले बुझाए मोदीको बधाई पत्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न राजदूत श्रीवास्तव बालुवाटार पुगेका थिए ।

भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाईपत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेका छन् ।

भेटमा नेपाल-भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारे छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएपछि मोदीले यसअघि नै बधाई दिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर