सुभाष र एलिना चौहानको ‘कुरा काट्ने मान्छेले काटुन २’ बजारमा (भिडिओ) – Nepal Press

सुभाष र एलिना चौहानको ‘कुरा काट्ने मान्छेले काटुन २’ बजारमा (भिडिओ)

काठमाडौँ । गायक सुभाष पुरी र गायिका एलिना चौहानले ‘कुरा काट्ने मान्छेले काटुन २’ को भिडिओ बजारमा आएको छ । ‘कुरा काट्ने मान्छेले काटुन’ को सफलतापछि अर्को संस्करण बजारमा ल्याइएको हो ।

दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडिओमा टीकटकबाट चर्चामा आएका सरोज राना प्रजा र बिना राउतको अभिनय देख्न सकिन्छ ।

प्रकाश खड्काको छायांकन रहेको भिडिओमा एरेन्ज, मिक्सिङ र मास्टरिङ विशाल निरौलाको छ ।

भिडिओको सम्पादन लक्ष्मण चौहानले गरेका छन् । विक्रम चौहानले निर्देशन गरेको भिडिओ गायक पुरीकै अफिसियल च्यानल म्यूजिक जक्सनबाट सार्वजनिक गरिएको छ । यसअघिको ‘कुरा काट्ने मान्छेले काटुन’ ले युट्युबमा ९१ लाख भ्यूज पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर