फेरि सर्‍यो शहीद स्मारक ए डिभिजन लिग, फागुन १९ नयाँ मिति – Nepal Press

फेरि सर्‍यो शहीद स्मारक ए डिभिजन लिग, फागुन १९ नयाँ मिति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलको मिति परिवर्तन गरेको छ ।

बिहीबार ललितपुरमा ए डिभिजन क्लबबीच भएको बैठकले प्रतियोगिता फागुन १९ गतेबाट सुरू गर्ने सहमति गरेको हो । लिग डबल राउण्ड रोबिनको आधारमा हुने एन्फाले जनाएको छ । लिगको नयाँ मिति तय गर्न एन्फाले बिहीबार ’ए’ डिभिजनका १४ क्लबलाई बैठकमा डाकेको थियो ।

यसअघि एन्फाले शीर्ष डिभिजनको लिग पुस २६ गतेबाट गर्ने निर्णय गरेको थियो । तर, तयारी खर्च नपाएको भन्दै क्लबहरूले तोकिएको मितिमा लिग खेल्न अस्वीकार गर्दै आएका थिए ।

क्लबप्रति पछिल्लो समय खेलाडीहरू आक्रामक बन्दै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *