नेपाल टी–२० : विराटनगरको दोस्रो जित, पोखराको लगातार पाँचौँ हार – Nepal Press

नेपाल टी–२० : विराटनगरको दोस्रो जित, पोखराको लगातार पाँचौँ हार

काठमाडौं । रोहित पौडेलको अविजित अर्धसतकि इनिङमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै विराटनगरले जारी नेपाल टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । पोखराको यो लगातार पाँचौँ हार हो ।

टस हारेर ब्याटिङ पहिला गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १३६ रनको लक्ष्य विराटनगर सामु प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १८.४ ओभरमा दुई विकेट गुमाएर १ सय ३८ रन बनाउँदै ८ विकेटको सानदार जित निकाल्यो ।

ओपनर अर्जुन साउद गोल्डेन डक आउट हुँदा गौरान्सु शर्मा ३२ बलमा २ चौका र १ छक्कासहित ३३ रन जोडेर पभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरमा क्रिजमा आएका रोहितले विराटनगरका लागि सर्वाधिक ७१ रनको अविजित इनिङ खेले । उनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हुसेन टतले २३ बलमा ३ चौकासहित अविजित २८ रन जोडे ।

पोखराको बलिङमा अमिर हम्जा र जाहिर खानले समान एक विकेट लिए ।

पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सले जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किङ्सलाई १३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार गरेको छ ।

पोखराका लागि मध्यक्रमका ब्याटर अमिर हम्जाले अविजित ३७ रनको इनिङ खेले । उनले २५ बलमा १ चौका र तीन छक्का प्रहार गरे ।

ओपनर सुमित महर्जनले आउट हुनु अघि २५ बलमा २ चौका र १ छक्कासहित २६ रनको योगदान गरे । असिफ शेख ११ रन र कप्तान उपुल थरंगा २५ रनमा पभेलियन फर्कँदा प्रतिस जिसी १३ रनमा अविजित रहे ।

विराटनगरको वलिङमा कप्तान आन्द्रे मकार्थीले सबैभन्दा धेरै तीन विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए । नन्दन यादव, राज ननन् र साहब आलमले समान एक विकेट लिए ।

पहिलो खेलमा काठमाडौं नाइट्ससँग २६ रनले पराजित भएको पोखरा दोस्रो खेलमा जनकपुर रोयल्ससँग ५ विकेटले हारेको थियो । तेस्रो खेलमा लुम्बिनी अलस्टार्ससँग तीन विकेटले पराजित पोखरा चौथो खेलमा विराटनगरसँगै ६ विकेटको पराजय बेहोरेको थियो ।

यस्तै, पहिलो खेलमा लुम्बिनीसँग २ रनले हारेको विराटनगर दोस्रो खेलमा जनकपुरसँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा विराटनगरले पोखरालाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो ।

पोखराले अर्को खेलमा शुक्रवार र विराटनगरले शनिवार जनकपुर रोयल्ससँग खेल्नेछ ।

आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र फारवेस्र्टन युनइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर