जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत (भिडिओ) – Nepal Press

जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् ।

आज दलको नेता छान्न जसपाले चुनावी कार्यक्रम तय गरेको थियो ।बारा २ बाट निर्वाचित यादव अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् ।

संसदीय दलको नेताको रेसमा जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

निर्धारित समयमा यादवले माात्र उम्मेदवारी दर्ता गराएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । संसदीय दलको नेताका संघीय परिषद् अध्यक्ष अशोक राईसहित कार्यकारिणी सदस्यहरु प्रकाश अधिाकारी, नवलकिशोर साह र राजकिशोर यादवले पनि दाबी गरेपछि चुनाव नगर्न यादवका नाममा सहमति खोजिएको जसपाका एक नेताले बताए ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् ।

तस्बिरहरु : गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर