शिला कंसाकार कार्कीलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ २०२२ – Nepal Press

शिला कंसाकार कार्कीलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ २०२२

काठमाडौं । ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ २०२२ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ ।

शुक्रवार आयोजना भएको ‘इन्फोडे आइसिटी अवार्ड’को ‘ग्राण्ड फिनाले’ कार्यक्रममा कार्कीलाई उक्त ‘अवार्ड’ प्रदान गरिएको हो ।

कंसकारलाई नेपाल सरकारका प्रमुख सचिव शंकर दास वैरागी , काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र एनसेलका प्रमुख युवराज श्रीवास्तवले संयुक्तरुपमा ‘अवार्ड’ हस्तान्तरण गरेका थिए ।

विजेतालाई एनसेलले ३ लाख रुपैयाँ नगद र नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ‘ह्वावेले क्लाउड’ सेवा प्रदान गरेको थियो ।

२८ वर्ष प्रहरी सेवामा बिताएकी कार्की सूचना प्रविधिमा महिलाहरूलाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लीन छन् । सूचना प्रविधिका विभिन्न संघ, संस्थामा क्रियाशील उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर