नयाँ क्याबिनेट : प्रचण्डलाई १८ मन्त्रालयको जिम्मा, अरूलाई कुन-कुन ? – Nepal Press

नयाँ क्याबिनेट : प्रचण्डलाई १८ मन्त्रालयको जिम्मा, अरूलाई कुन-कुन ?

काठमाडौं । नवगठित आठ सदस्यीय सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्य १८ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सोमबार अपराह्न उनीसहित आठ जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा एक विशेष समारोहमा पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन् । अर्थमन्त्रालयसमेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त भएका हुन् ।

नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बनेका छन् । एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।

त्यस्तै, हाल अन्य मन्त्रीहरु नबनेसम्मका लागि प्रधानमन्त्रीलाई नै अन्य १८ मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डको भागमा अहिले उद्योग, ऊर्जा, कानूनन, न्याय तथा संसदीय मामिला, कृषि, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री परेको छ । त्यसैगरी, रक्षा, वन तथा वातावरण, शिक्षा, श्रम, पर्यटन, संघीय मामिला, सञ्चार, सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको जिम्मा पनि प्रचण्डले नै पाएका छन् ।

नेपालको संविधानअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रावधान भएकाले पछि १७ मन्त्री थप गर्ने सुविधा प्रधानमन्त्री दाहाललाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर