नेपाल टी-२० : विराटनगरमाथि जनकपुरको रोमाञ्चक जित – Nepal Press

नेपाल टी-२० : विराटनगरमाथि जनकपुरको रोमाञ्चक जित

काठमाडौं । चादविक वाल्टनको उतकृष्ट ब्याटिङमा विराटनगरलाई ५ विकेटले हराउँदै जनकपुरले जारी नेपाल टी-२० लिगमा रोमाञ्चक जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न दोस्रो खेलमा विराटनगरले दिएको १४१ रनको लक्ष्य जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

१४ ओभरको समाप्तिमा ७०/४ को अवस्थामा रहेको जनकपुरको इनिङ उकासेका वाल्टनले सानदार जित दिलाए । उनले ५५ बलमा ५ चौका र ६ छक्कासहित अविजित ६९ रनको इनिङ खेले ।

कप्तान ट्रेभोन ग्रिफ्तले २१ बलमा ३ चौका र १ छक्कासहित २५ रन, सरार्फुदिन असरर्फ २३ रन जोडे ।

विराटनगरको बलिङमा हुसेन टलत, नन्दन यादव, रजिन ढकालले समान एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ थालेको विराटनगर एक बल बाँकी रहँदा अलआउट हुँदै १४० रनको योगफल तयार गरेको थियो ।

बिराटनगरको ब्याटिङमा ओपनर अर्जुन साउद १८ रन जोडेर पभेलियन फर्कँदा अर्का ओपनर गौरान्सु शर्मा गोल्डेन डक आउट भएका थिए ।

रोहित पौडेलले २९ बलमा ३ चौका र एक छक्कासहित ३२ रन योगदान गर्दा, सिकन्दर राजाले १८ बलमा २ चौका र ४ छक्कासहित ३८ रन जोडेर पभेलियन फर्किएका थिए ।

ललित नाराण्ढा राजवंशीको बलमा बोल्ड आउट हुनुअघि हुसेन टलतले १८ बलमा ४ चौकासहित २८ रन बनाए । त्यसबाहेक विवेक यादवले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरकालागि बलिङमा ललितले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए ।

केस्रिक विलियम्स र मोहमद आदिल आलमले २ विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

पहिलो खेलमा बिराटनगर लुम्बिनी अलस्टार्ससँग २ रनले पराजित भएको थियो । भने जनकपुरले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गरेको थियो ।

जनकपुरले अर्को खेलमा मंगलबार काडमाडौं नाइट्ससँग खेल्नेछ । भने, विराटनगरले बुधबार पोखरासँग खेल्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर