लोसपाले लुम्बिनीमा चयन गर्‍यो दलको नेता, तीन सांसदलाई पदैपद – Nepal Press

लोसपाले लुम्बिनीमा चयन गर्‍यो दलको नेता, तीन सांसदलाई पदैपद

रुपन्देही । लुम्बिनी प्रदेश सभामा तीन सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तीनै सांसदलाई भागबण्डा पुगेको छ । प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय चयन भएका छन् ।

सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले पाण्डेयलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले बताए । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ को १ बाट निर्वाचित भएका हुन् ।

उनी यसअघि एमाले नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । दलको निर्णय विपरित सरकारमा गएको भन्दै उनलाई तत्कालीन जसपाले सांसदबाट हटाएको थियो ।

त्यस्तै संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ को १ बाट निर्वाचित प्रदेशसभा सदस्य कन्हैया बनिया चयन भएका छन् भने प्रमुख सचेतकमा प्रदेश सभा सदस्य हेमा बेल्बासे केसी चयन चयन भएकी छन् । उनी समानुपातिक सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर