देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार – Nepal Press

देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने प्रष्ट जानकारी गराएका छन् ।

अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भेटपछि देउवालाई भेटेका उपमहासचिव पुनले देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब प्रचण्डलाई सहयोग गर्न भनेका छन् ।

पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो- हिजो एउटा परिस्थितिमा २३ सीटको कांग्रेसलाई हामीले सरकारको नेतृत्व दियौँ । अब त्यही बाध्यता छैन । प्रचण्डलाई प्रधानमन्त्री नमान्ने हो भने हाम्रो सहयात्रा यहीँ टुंगियो । फेरि कांग्रेसलाई नेता मानेर हिँड्नुपर्ने बाध्यता हाम्रो छैन ।

पुनले प्रष्ट धारणा बताइसकेपछि देउवाले अझै केही नबिग्रिएको भन्दै गठबन्धन र दलमा आफूले कुरा मिलाउने जवाफ दिएका छन् ।

देउवाको भनाइ थियो- होइन म मिलाउँछु यार । दलमा पनि सल्लाह गर्नुपर्छ । गठबन्धनमा पनि सल्लाह गर्छु । राष्ट्रपतिले यो टाइम दिने कुरा नै मिलेन क्या । म समय थप्न लाउँछु,कुरा मिल्छ ।

पुन लगायतका नेता प्रचण्डलाई गठबन्धनबाट बाहिर निकाल्न चाहन्छन् । उनीहरू प्रचण्ड इण्डो अमेरिकन एम्बुसमा परेको निष्कर्षमा छन् ।


प्रतिक्रिया

2 thoughts on “देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार

  1. ईण्डो अमेरिकी एम्बुसमा पहिलेनै परेर त ओलि हटाउन हिडेका । तिमीहरू पनि कहिले प्रतिक्रियावादी भन्दै काँग्रेसका टाउक‍ा काटदै हिडछौ । कहिले शान्ति प्रक्रिया भन्दै उसैसँग सहमती गर्छौ । कहिले एमालेसँग मिलेको बेलामा अब ५० वर्षलाई काँग्रेस गयो भन्छौ । फेरि ३ वर्ष नपुग्दै २३ सिटे काँग्रेसलाई प्रधानमन्त्री खाईदेउ न भन्दै खुट्टा मल्छौ । फेरि भरखर चुनावबाट ठूलो दल बनेको काँग्रसको नेतृत्व मान्दैनौं भन्छौ । नौटङ्की भयौ तिमीहरू । चरम पदलोलुप प्रचण्डले देश बर्वाद बनाए । यिनलाई राजनीतिबाटै बिदा गरिदिउँ ।

  2. मारवोलो चुरोटको एक विज्ञापन “हम् रेड एन्ड ह्वाइट पिनेका वातै कुछ और हे” यहि हो सत्ता ठगवन्धनको छिना झम्टी। यिनलाई सत्ताको हड्डी तान्न पर्यो। वस यत्तिमा यिनको ध्याउन्न, देशलाई त भांडमा लगिसके अब के नै बांकी छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर