नेपालकै पहिलो ‘केएफसी’ ‘फ्ल्यागसीब’ स्टोर काठमाडौं मलमा – Nepal Press

नेपालकै पहिलो ‘केएफसी’ ‘फ्ल्यागसीब’ स्टोर काठमाडौं मलमा

काठमाडौं । कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा ‘केएफसी’ नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रालिले नेपालकै पहिलो ‘केएफसी’ ‘फ्ल्यागसीब’ स्टोर सञ्चालनमा ल्याएको छ ।

‘केएफसी’ को यो नेपालमा आफ्नो पन्ध्रौ शाखा हो । ‘के।एफ।सी’ एक स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित ब्राण्ड हो । उक्त रेस्टुरेन्टमा ग्राहकले ‘कस्टमर डिस्पिले स्क्रीन’ बाट आफूले गरेको अर्डर बनिराखेको समेत ‘ट्रयाकिङ्ग’ गर्न सकिने नेपालको आधिकारिक फ्रेन्चाइजरले बताएका छन् ।

त्यसैगरि यस रेस्टुरेन्टले एकै पटकमा ७० ग्राहकहरुलाइ सेवा प्रदान गर्न सक्ने दाबी रहेको छ । उक्त रेस्टुरेन्ट हाल बिहान ९ बजेदेखि रातीको ९ बजेसम्म सेवा दिने गरी सञ्चालमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर