रवि लामिछानेले खुलाए सीईओको भ्याकेन्सी, विदेशबाट फर्कनेलाई अवसर – Nepal Press

रवि लामिछानेले खुलाए सीईओको भ्याकेन्सी, विदेशबाट फर्कनेलाई अवसर

काठमाडौं । सांसदको शपथ लिएको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फरक शैलीमा उत्रिएका छन् । उनले विदेशबाट फर्कनेका लागि आफ्नो पार्टी कार्यालयमा जागिरको अवसर सार्वजनिक गरेका हुन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत रविले चितवनस्थित कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि भ्याकेन्सी खुलाएका छन् । विकास, सुशासन, व्यवस्थापनलगायतका सम्पूर्ण काम सम्हाल्न सक्नेलाई आकर्षक तलव तथा सुविधा दिने भन्दै उनले सीभी (बायोडाटा) पठाउन अनुरोध गरेका छन् ।

‘कति बाकसमा मात्र फर्किने ? अब आकर्षक जागिरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त ? शुरूवात एकजनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला । आफ्नो CV मलाई पठाउनु होला । म तपाईंलाई लिन आफैँ एयरपोर्ट आउँछु’, रविले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर