शपथग्रहणमा चार सांसद अनुपस्थित, टेकबहादुर गुरुङ जिते पनि निलम्बित – Nepal Press

शपथग्रहणमा चार सांसद अनुपस्थित, टेकबहादुर गुरुङ जिते पनि निलम्बित

काठमाडौं । २७५ जना प्रतिनिधि सभाका सदस्य निर्वाचित भएकोमा ४ जना सदस्य सपथ ग्रहणमा अनुपस्थित भएको छन् । संघीय संसद सचिवालयका अनुसार नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले, नेकपा (माओवादी केन्द्र)का महिन्द्रराय यादव र राकुमार राई र नेपाली काँग्रेसका माया राई अनुपस्थित भएका छन् ।

२७५ जना सदस्यमध्ये ४ जना मात्रै सपथ ग्रहणमा अनुपस्थित भएको सचिवालयका सहायक प्रवक्तासमेत रहेका उपसचिव दशरथ धमालाले नेपाल प्रेसलाई जानकारी दिए । प्रेमबहादुर आलेको आमाको निधन भएका कारण अनुपस्थित भएका हुन् भने माया राई सुत्केरी भएका कारण अनुपस्थित भएकी हुन् ।

यस्तै, महिन्दराय यादव नागरिकताका अनुसार जेष्ठ सदस्य भएको तर, जेष्ठ सदस्यका रुपमा सपथ ग्रहण नचाहेका कारण अनुपस्थित भएको बुझिएको छ ।

रामकुमार राई भने जिल्लामा नै रहेको र आज बिहानै हवाई उडानमार्फत काठमाडौं आउने तयारीमा भए पनि मौसम खराबीका कारण समयमा उडान हुन नसकेपछि अनुपस्थित भएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर