गगनलाई प्रस्ताव गर्दै शेखरले भने- महाधिवेशनदेखि पुस्तान्तरणको मुद्दा कायमै छ, सहयोग गर्नुस् – Nepal Press

गगनलाई प्रस्ताव गर्दै शेखरले भने- महाधिवेशनदेखि पुस्तान्तरणको मुद्दा कायमै छ, सहयोग गर्नुस्

काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारीका लागि संस्थापन इतरले महामन्त्री गगन थापालाई अघि सार्ने निर्णय गरिसकेको छ ।

आफू ब्याक भएर थापालाई प्रस्ताव गर्दै नेता शेखर कोइरालाले १४औं महाधिवेशनदेखि उठाएको पुस्तान्तरणको मुद्दा अहिले पनि कायमै भएकाले सहयोग गर्न उपस्थित सांसदलाई आग्रह गरे ।

बसेरा होटलको बैठकमा उनले भने, ‘महाधिवेशनमा हामी पुस्तान्तरणको मुद्दासहित अघि बढेका थियौं । अहिले पनि त्यो कायमै छ । हामी एकढिक्का भएर जानुको विकल्प छैन । सम्पूर्ण साथीहरू सहयोग गर्नुस् ।’

कोइरालाले थापाको नाम प्रस्ताव गरेपछि उपसभापति धनराज गुरुङले समर्थन जनाएका थिए । त्यसपछि बैठकमा उपस्थित सांसदहरूले एकमतले समर्थन जनाएको सहभागी एक सांसदले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर