जनमत पार्टीले मधेस प्रदेशमा दलको नेता छान्दै – Nepal Press

जनमत पार्टीले मधेस प्रदेशमा दलको नेता छान्दै

जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलका नेता चयन प्रक्रिया सुरु गरेको छ । जनमतका अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज दलको नेता चयन गर्न बैठक बसेको हो ।

बैठकमा सांसदहरु बसन्त कुशवाहा, संजय यादव, चन्दन सिंह र सतिश सिंहले दलको नेतामा दाबी पेश गरेका छन् ।

कुशवाहा पार्टीका उपाध्यक्ष र यादव सचिव हुन् । चन्दन पनि केन्द्रीय कमिटीमा छन् । लोसपाबाट जनमतमा आएर सांसदमा निर्वाचित भएका सतिश सप्तरीको तिलाठी कोइलाडीका पूर्व मेयर हुन् ।

जनमतका केन्द्रीय सदस्य बिपी साहले संसदीय दलको नेता चयन गर्न पहिलो चरणको छलफल भएको र सकभर आजै रातिसम्म चयन हुने जानकारी दिए ।

मधेस प्रदेशमा जनमत पार्टीका १३ सांसद छन् । जसमध्ये ६ जना प्रत्यक्षतर्फ र ७ जना समानुपातिकतर्फ निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर