‘भेलु बाजे’ र उनलाई उचाल्ने युट्युबरलाई कारबाहीको माग गर्दै सीडीओसमक्ष उजुरी – Nepal Press

‘भेलु बाजे’ र उनलाई उचाल्ने युट्युबरलाई कारबाहीको माग गर्दै सीडीओसमक्ष उजुरी

रुपन्देही । भेलु बाजेका नामले सामाजिक सञ्जालमा चर्चामा आएका प्यूठानका मिनबहादुर बुढाले समाजमा विकृति फैलाएको भन्दै नियन्त्रणको माग गरिएको छ ।

प्यूठान झिमरुक गाउँपालिका-३ निवासी अखिल (छैठौं)का महासचिव सुवास जीसी नेतृत्वको युवाहरुको टोलीले प्यूठानका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै मर्यादा कायम गराउन माग गरेको हो ।

मदिरा सेवन गराइ सामाजिक सञ्जालमा अश्लील शब्द बोल्न लगाएर रेकर्ड गरी सामाजिक सञ्चाजलबाट सार्वजनिक गर्ने केही युटुबर र सामाजिक सञ्जाल प्रयोगकर्ताका कारण भेलु बाजे चर्चामा छन् ।

उनका हर्कतलाई नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन पत्रमा ‘त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकोले यथाशीघ्र ‘भेलु बाजे’ र उनलाई प्रोत्साहन गर्ने युट्युबर र व्यक्तिहरुलाई नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्न प्यूठानका सचेत युवाहरुले माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यस सम्बन्धमा आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाएको विद्यार्थी नेता सुवास जीसीले बताएका छन् ।

यस्तो छ प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर